spot_img
spot_img
spot_img

नेपाल यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा छनोट

spot_img

२९ फागुन , काठमाण्डौ ।

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० को गोल अन्तरले हराएको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० को गोल अन्तरले हराएको हो । यसअघि गएको बुधवार भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको थियो । यो जितसँगै समूह बी मा रहेको नेपाल २ खेलमा ६ अङ्कसहित दोस्रो चरणमा छनोट भएको छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् ।

पहिलो चरणबाट आठ वटा समूहका विजेता टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दोस्रो चरणका उत्कृष्ट चार वटा टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् । यस प्रतियोगिताका लागि आयोजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएको प्रतियोगिताको शीर्ष तीन टोली स्वतः छनोट भइसकेका छन् । एएफसी २० वर्षमुनिको महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img