एजेन्सी ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियन प्रायद्धीपमा संयुक्त सैन्य अभ्यास गर्नु अघि नै उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको हो । अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ ।त्यस्तो सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित गरिएको भन्दै आएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??