spot_img
spot_img
spot_img

सगरमाथा कलेजमा संसदिय बहस कार्यक्रम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा कलेजमा  संसदीय वहस कार्यक्रम सम्पन्न भएको छ। सोमबार कक्षा ११ कम्प्यूटर साइन्स समुहका विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कलेजका विद्यार्थीहरुलाइ संसदीय प्रणालीको बारेमा सचेत गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गदै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले यूवा पुस्ता राजनितीको मुल प्रवाहमा नआएसम्म देशले काँचूली फेर्न नसक्ने बताउनु भयो।  सहप्राचार्य प्रदिप अधिकारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक दिपेश विक्रम मल्ल दामोदर सापकोटा र विमल तिवारीले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो।

उक्त बहसमा विद्यार्थी जय भण्डारीले सभामुख र विद्यार्थी सन्तोषी सापकोटाले उपसभामुखको भूमिका निर्वाह गर्नुभएको थियो। २४ जना वत्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा १०० वढि विद्यार्थीको उपस्थीती रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img