spot_img
spot_img
spot_img

आइसिसी विश्वकप लिग-२ः नेपालको सानदार जित, पपुवा न्युगिनी ९ विकेटले पराजित

spot_img

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई हराएको छ। पीएनजीले जितको लागि दिएको सामान्य ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका आसिफ शेखले आक्रमक अर्धशतक प्रहार गरे । उनले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक हो । त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए। पीएनजीका चाड सोपरले एक विकेट लिए।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो। सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए। ललित राजवंशी र कुशल मल्लले दुईरदुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img