spot_img
spot_img
spot_img

सनराइज आवासीय माविको २८औं वार्षिकोत्सव र अभिभावक दिवस

spot_img

रबिन्द्र यादव, नवलपरासी पश्चिम ।

सनराइज आवासिय माध्यमिक विद्यालय प्रतापपुर ९ पंजरकट्टी नवलपरासीको २८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सब उदघाटनका अवसरमा बोल्दै नेशनल प्यापसनका केन्द्रीय उपमहासचिव तथा प्रमुख अतिथि कुसुम रानाभाटले मुलुकको शिक्षा क्षेत्रलाई माथि उठाउन निजि विधालयले ठुलो योगदान गरेको भन्दै सकारात्मक दृष्टिकोणले हेरिनुपर्ने वताएका थिए । साथै उनले शिक्षक,बिद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक संबन्धलाई मजबुत बनाउदै शैक्षिक पठनपाठन सहित बिद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुद, सांस्कृतिक र उनिहरुको प्रतिभा उजागर गरिने लगायतका गतिविधि अगाडि बढाउनेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक हरेन्द्र कोइरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय स्थापनाकालदेखि विभिन्न परिस्थितिमा बाधा अवरोधको सामना गर्दै अगाडि बढिरहेको बताउनु भयो। कोइरीले सन राइज आवासिय माध्यमिक विद्यालयमा अध्यन गरि विद्यार्थीहरु अहिले एमबिबिएस डाक्टर इन्जिनियर, लोकसेवा पास गरि शिक्षक समेत बनेकोमा खुशी व्यक्त गर्नुभयो।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुन कहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीको रुपमा नेशनल प्यावसनका केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेशनल प्यावसन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, बुटवल बहुमुखी क्याम्पसका प्रमुख बलवन्त कुर्मी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण ,विभिन्न व्यक्तत्वहरूलाई सम्मान गरिएको थियो भने साँस्कृतिक कार्यक्रम प्रस्तुती अन्तर्गत दाइजो विरुद्धको जनचेतनामूलक नाटक समेत देखाइएको थियो भने कार्यक्रम संचालन शिक्षक तुलसी कोइरीले गर्नुभएको थियोे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img