३० फागुन, रुपन्देही ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकाभित्र निर्माण भइरहेका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। सोमबार उहाँले ओमसतिया–५ गौरी, भेलाइ पोखरा पटखौलीदेखि लोधपुरवा जाने बाटो, पटखौली माविको भवन र पटखौलीस्थित पोखरीमा निर्माणाधीन छठघाट निर्माणस्थलको निरीक्षण गर्नुभएको हो । त्यस्तै उपाध्यक्ष चौधरीले ओमसतिया–६ मझौली स्थित निर्माणाधिन नालीको निरिक्षण गर्दैनिर्माण व्यवसायी तथा इञ्जिनियरहरुलाई गुणस्तरमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।
उहाँले निर्माण भइरहेका स्थानमा अनिवार्य रुपमा सूचना बोर्ड राख्न समेत निर्देशन दिनुभएको हो। अनुगमन तथा निरीक्षणमा उपाध्यक्ष चौधरीसँगै ओमसतिया–५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदनप्रसाद पोखरेल, कार्यपालिका सदस्य गुन्जा चौधरी, योजना तथा प्रविधिक शाखा प्रमुख इञ्जिनियर निर्मल कुमार थापा, इञ्जिनियर शैलेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो।