रबि राना, शुद्धोधन ।
युनाइटेड इङ्गलिस बोर्डिङ्ग स्कुल बुटवल १८ दुबौलीले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा खाना महोत्सव गर्ने भएको छ। बिद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत खाना महोत्सव सहित विविध साँस्कृतिक तथा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने बिद्यालयका प्रबन्ध निर्देशक रामकृष्ण खनालले जानकारी दिनु भयो। पत्रकार सम्मेलनमा खाना महोत्सवबारे जानकारी गराउदै प्रबन्ध निेर्दशक खनालले महोत्सवको सम्पुर्ण तयारी पूरा भएको खनालले जानकारी गराउनुभयो। ब्यवहारिक,नैतिक र गुणात्मक शिक्षाका लागि २०६६ मा स्थापित भएको विद्यालयले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रष्फुटनका निम्ति विद्यालयको स्थापनाको अवसरमा सृजनात्मक कार्यक्रमको आयोजना सञ्चालन गर्न लागिएको प्रबन्ध निर्देशक खनालले बताउनुभयो ।भोली शुक्रवार आयोजित कार्यक्रममा विद्यार्थीहरुबाट निर्मित, सेलरोटी, बटुक, मम, चुकौनी, परौठा, स्याडविच लगायतका विभिन्न स्वादिष्ट परिकार खाना महोत्सवको आकर्षणको रुपमा रहने उहाले खनालले बताउनुभयो ।
खाना महोत्सवसंगै विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाहरु प्रष्फुटन गराउनका निम्ति विभिन्न खेल प्रतियोगिता, बौद्धिक प्रतियोगिताहरुको आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु बसन्त लम्साल, सपना गाह र गणेश न्यौपाने लगायतको सांगीतिक प्रस्तुति रहने निर्देशक खनालले बताउनुभयो । प्राचार्य सीता न्यौपाने खनालले ग्रामिण क्षेत्रमा रहेर पनि राष्ट्रि तथा अन्तरास्ट्रिय स्तरको क्ष्कय मान्यता प्राप्त गरेको एक उत्कृष्ट शैक्षिक गन्तव्य भएको बताउनुभयो । ग्रामीण क्षेत्रमा कुनै पनि सेवा सुबिधाबाट बञ्चीत नगराइ विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागेको बताउदै प्राचार्य खनालले महोत्सव सञ्चालन गर्दा करिब ३ लाखको खर्च हुने अनुमान गरेको जानकारी दिनु भयो। महोत्सवमा १ हजार ५ सय दर्शकहरुले महोत्सको अवलोकन गर्ने अनमान गरिएको छ।