कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी नतिजा सार्वजनिक भएको छ। जसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २२२ मत ल्याएर प्रदिप शर्मा बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी नेविसंघका सुनिल रानाले १९९ मत प्राप्त गरी हार ब्योहोर्नुभएको छ । यस्तै संंयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर बिजयी हुदाँ उहाँका प्रतिष्पर्धी नेविसंघका रुपेशुकमार यादवले १९९ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जिवनकुमार धवलले २२१ मत ल्याई बिजयी हुनभएको छ भने नेविसंघकी रेखा प्रजापतीले २०८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
यस्तै, सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट सुभम शर्मा २२९, अविनाश क्षेत्री २३२ र निशा कुवरले २२० मत ल्याएर बिजयी हुनभएको छ भने नेविसंघबाट खमबहादुर घर्तीमगर २०७, प्रियंका केसी २०७, सुनिता विक २०९ ल्याएर पराजित भएका छन । यता युक्त प्यानलका दिपेन्द्र यादव २१४ मत ल्याएर पराजित हुदाँ नेविसंघका समिर क्षेत्रीले २३६ मत प्राप्त गरी बिजयी बन्नुभएको छ । नेविसंघ कै ईरफान चुरियारले पनि २२० मत प्राप्त गरी सदस्यमा बिजयी हुनुभएको छ । अवयकुमार धवलले भने संयुक्त प्यानलबाट सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेद्वारी दर्ता भएको थियो । यस्तै प्रगतीशिल विद्यार्थी संगठनबाट सभापतिमा उम्मेद्वारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिसा आचार्यको १५ मत आएको छ । जम्मा ५१६ जना विध्यार्थी मतदाता रहेकामा ४४८ अर्थात ८६.८२ प्रतिशत मत खसेको थियो। विहान ८ बजेबाट सुरु भएको मतदानमा ३०४ महिला र १४४ पुरुष गरि ४४८ जनाले मतदान गरेका थिए।