spot_img
spot_img
spot_img

हरैया बहुमुखी स्ववियु निर्वाचन : समानुपातिक तर्फको मत परिणाम सार्वजनिक

spot_img

५ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चनमा रहेको एकमात्र क्याम्पस हरैया बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तर्गत सामनुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ। हरैया बहुमुखी क्याम्पस भएको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणाम अनुसार नेकपा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघ(संयुक्त प्यानल)ले २१७ मत प्राप्त गरेको छ भने नेपाल विद्यार्थी संघले २०६ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिनुभएको छ। यस्तै प्रगतीशिल बिधार्थी संगठनले २० मत प्राप्त गरेको छ।

जम्मा १५ सदस्यिय स्ववियुका लागि भएको निर्वाचनमा सभापति, सचिव र कोषाध्यक्ष सहित ५ जना सदस्य गरी ८ जना प्रत्यक्षबाट निर्वाचित भएका छन भने बांकी ७ जना सदस्य विद्यार्थी संगठनहरुले प्राप्त गरेको मतको आधारमा पाउने विजयी हुने छन। प्रत्यक्ष र समानुपातिक सदस्यहरुबाट एक जना उपसभापति र एक जना सहसचिवको टुंगो लाग्ने निर्वाचन अधिकृत आचार्यले जानकारी दिनु भएको छ। ५१६ मतदाता रहेको सो क्याम्पसमा ४४८ मत खसेको थियो ।

समानुपातिक तर्फ संगठनले पाएको मत

क्र.सं. बिधार्थी संगठनको नाम प्राप्त मत
अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ (संयुक्त प्यानल) २१७
नेपाल बिधार्थी संघ २०६
प्रगतीशिल बिधार्थी संगठन २०
बदर मत
जम्मा खसेको मत ४४८
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img