spot_img
spot_img
spot_img

बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई गर्न नगरप्रमुखको निर्देशन

spot_img

 बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रुपमा परिचित गराउनका लागि नियमित सरसफाईलाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न सोमबार बुटवलभित्रका टोल विकास संस्थाहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले टोल विकास संस्था बुटवल उपमहानगरपालिकाकै अंग भएकाले नगरलाई सफा र सुन्दर बनाउने दायित्व रहने बताए । उनले बुटवलको सडक निर्माणका क्रममा भएका समस्या, पार्किङ समस्या, नाली व्यवस्थापनका लागि पनि टोल विकास संस्थाहरुले अगुवाई गर्दै व्यवस्थापन गर्नुपर्ने बताए । उनले घरभित्रको फोहोरलाई व्यवस्थापन गर्न घरपरिवार र घरबाहिरको फोहोर व्यवस्थापन गर्न टोलविकास संस्थाहरु र समग्र व्यवस्थापनको जिम्मा नगरको रहने भएकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । नगरप्रमुख पाण्डेयले बुटवललाई देशकै अगुवा सहर बनाउनका लागि सबै क्षेत्रको साथ सहयोग र भूमिका आवश्यक रहेकाले सोहीअनुसार आ–आफ्नो ठाउँबाट बुटवललाई उत्कृष्ट बनाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अनुभवलाई लिएर नगरले सोहीअनुसार नीति र कार्यक्रम बनाउने बताइन् । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको भन्दै टोल विकास संस्थादेखि नै सुधार अभियान थाल्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई सेवा प्रवाह र नीति निर्माणमा अग्रणी सहर बनाउनका लागि सबैक्षेत्रबाट लाग्नुपर्ने बताए । उनले सेवा प्रवाहलाई समयानुकुल परिस्कृत गर्दै जाने र प्रविधिमैत्री बनाउने बताए । गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसीजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन् । सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img