spot_img
spot_img
spot_img

रुपन्देहीको रोहिणीमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पाँचदिने तालिम

spot_img

 रोहिणी ।

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थनगर–३, रुपन्देहीको आयोजना तथा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा रोहिणी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चालित पाँचदिने तालिम सम्पन्न भएको छ । चैत २ गतेदेखि रोहिणी–३ स्थित धकधईमा सञ्चालित सामुदायिक स्वास्थ्य स्वयंसेविका आधारभूत रोग निगरानी र नेतृत्व विकासमा आधारित तालिमको सोमबार समापन गरिएको हो । तालिममा ४० जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागीता रहेको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिनुभएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अधिकृत तथा तालिमको प्रमुख प्रशिक्षक कालिका भण्डारीले रोहिणी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरेर तालिम आयोजना गरेको बताउनुभयो।  सहभागीको तर्फबाट बोल्दै महिला स्वास्थ्य स्वयंसेविका पदमा खत्रीले आफूहरुले सिकेका कुराहरु गाउँघरमा पुगेर सिकाउने र आगामी दिनमा पनि यस्तो तालिम आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाको अध्यक्षता, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका कार्यक्रम संयोजक ऋषिराम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img