बुटवल ।
रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज (मंगलबार) भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
सुरुवातीदेखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि जितको लागि भने पर्याप्त हुन सकेन । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??