बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरण गरे ५० हजारसम्म जरिवाना लाग्ने नगरपालिकाले एक सुचना जारी गर्दै जानकारी गराएको हो । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाइ अभियानको १००औं शृङ्खला पुगेको अवसरमा चैत्र १ गते नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो ।
मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो । सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ बिक्री गरेको भेटिएमा जरिवाना गरिने सूचनामा उल्लेख छ । पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पठक पनि बिक्री बितरण गरिएको पाईएमा ५० हजारसम्म जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ ।