spot_img
spot_img
spot_img

विश्व पानी दिवस : नाइजेरियामा पिउने पानीमा समस्या, बालबालिका उच्च जोखिममा

spot_img

एजेन्सी ।

नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् । साथै राष्ट्रसङ्घीय बालकोषले शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्न नाइजेरिया सरकारलाई सुझाव दिएको छ ।

यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ । स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे चेतना जगाउने उद्देश्यले आज विश्व पानी दिवस मनाईंदैछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img