spot_img
spot_img
spot_img

कालो ब्यानर सहित सम्राट सिमेन्ट कम्पनीको मुलगेटमा धर्ना

spot_img

टेकबहादुर पुन,दाङ । देउखुरी स्थित सम्राट सिमेन्ट कम्पनीका कारण बस्तीमा प्रदुशन बढेको भन्दै स्थानियले बिहिवार मुलगेटमा धर्ना दिएका छन ।

कालो ब्यानर प्रदर्शन गर्दै उनिहरुले २ घण्टा धर्ना दिएका हुन । प्रदुशन नियन्त्रणका लागि कम्पनी, स्थानिय सरकार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा स्थानियले ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापनपत्रको सुनुवाई नभएपछी नवगठित सँघर्ष समितीको कार्यक्रम अनुसार धर्ना दिईएको सँघर्ष समितीका सँयोजक भगवानदिन यादबले जानकारी दिए ।
धर्ना कार्यक्रममा बोल्ने बक्ताले उद्योगले प्रदुशन मात्र नभई स्थानिय माथी निरङ्कुस लाद्न खोजेको आरोप समेत लगाएका छन् ।

नेपाल सरकारकाे कानुन नभई आफुहरु उद्योगकाे अलग्गै कानुनमा बाधिन बाध्य भएको स्थानिय शँकर पुनले बताए । नेपाल सरकारकाे मापदण्ड अनुसार स्वच्छ बाताबरणमा बाच्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई हनन गर्दै कम्पनीले तानशाह प्रबृत्ती लाद् खोजेको बन्गै टाेल समितिका अध्यक्ष शेर बाहादुर बुढाले बताए । बारम्बार सहमती गर्ने तर कार्यन्वयनमा नल्याउने कम्पनीको प्रबृत्ती प्रती स्थानिय आक्रोसित भएका छन । यश बिषयमा छलफलका लागि लमही नगरपालिकाले आगामी ११ गते स्थानिय, कम्पनी र सम्बन्धित निकायको समेत उपस्थित हुनेगरी छलफलको आयोजना गरेको छ ।छलफलमा आफ्ना मागहरु पूरा नभए १२ गतेदेखि अनिश्चित कालिन आन्दाेनकाे तयारी थालिएको स्थानिय कुमोद देबकोटाले जानकारी दिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img