spot_img
spot_img
spot_img

फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब तिलोत्तमा गोल्डकपको फाइनलमा

spot_img

काठमाण्डौ ।

२२औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगेको छ । बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै फाइनलमा पुगेको हो । २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो। अब उपाधिका लागि मनाङले शनिबार सुदूरपश्चिम–११ सँग खेल्ने भएको छ । बुधबार थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । तिलोत्तमा गोल्ड कपको उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img