spot_img
spot_img
spot_img

भारतको अपराजित यात्रामा पूर्णविराम, अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा

spot_img

एजेन्सी ।

घरेलु मैदानमा कुनै पनि एकदिवसीय शृङ्खला नहारेको भारतको चार वर्षको अपराजित यात्रामा अस्ट्रेलियाले पूर्णविराम लगाएको छ । बुधबार भएको निर्णायक एकदिवसीय खेलमा २१ रनको रोमाञ्चक जीत हासिल गर्दै अस्ट्रेलियाले भारतीय भूमिमा २–१ ले शृङ्खला कब्जा जमाएको हो । जीतसँगै अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार चेन्नाईमा भएको खेलमा एडम जाम्पा र एस्टन अगारले एक आपसमा ६ विकेट लिएपछि २७० रनको लक्ष्य पाएको भारत मात्र २४८ रनमा सीमित बन्यो ।

भारतका लागि पूर्वकप्तान विराट कोहलीले ५४ तथा हार्दिक पाण्ड्याले ४० रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मिचेल मार्सको ४७ तथा एलेक्स केरीको ३८ रनको मद्दतले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको थियो । पहिलो एकदिवसीय खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तर, त्यसपछि दोस्रो र तेस्रो खेलमा अस्ट्रेलियाले पुनरागमन गर्‍यो । दोस्रो एकदिवसीयमा भारतमाथि अस्ट्रेलियाले कीर्तिमानी १० विकेटको जीत हासिल गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img