spot_img
spot_img
spot_img

लुम्बिनी विकास बैंकद्वारा विद्यार्थीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम

spot_img

रुपन्देही ।

रुपन्दहीको तिलोत्तमा मणिग्राममा रहेको न्यु इन्भारमेन्ट इग्लीस स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनि विक कार्यक्रम अन्तर्गत लुम्बिनी विकास बैंक लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा १२० विद्यार्थीको सहभागीता रहेको लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक शंकर पाण्डेले जानकारी दिनुभयो। सो अवसरमा बैंकका देबिनगर, भैरहवा, ट्राफिकचोकका शाखा प्रबन्धकहरुको पनि सहभागीता रहेको थियो । विद्यालयका लेखा शिक्षक छवि श्रीसले वित्तीय ज्ञान अहिलेको अवस्थामा अपरिहार्य भएकाले विद्यार्थीहरुले निकै फाइदा लिन सक्ने बताउनुभयो ।
युवाहरुलाई वित्तिय साक्षरता प्रदान गर्ने उद्देश्यले सन् २०१२ देखि साप्ताहिक “ग्लोवल मनी वीक” जि.एम.डब्लु  अभियान सञ्चालन गर्दै आईएको छ । यो हरेक मार्च महिनामा मनाईन्छ । ‘अर्गनाईजेशन अफ ईकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’को संयोजनमा विश्वका धेरै देशमा यो कार्यक्रम मनाईन्छ । युवालाई वित्तिय ज्ञान, सीप र मनोबृत्तिका साथै व्यवहारिक रुपमा सक्षम बनाउने र विवेकशिल वित्तिय निर्णय गर्न अभिप्रेरित गर्ने यो कार्यक्रमको मुल उद्देश्य हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img