spot_img
spot_img
spot_img

कञ्चनमा संस्थागत नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सम्पन्न

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकाको आयोजनामा यही चैत्र ६ गते देखि कञ्चनका महिला समूहका पदाधिकारीहरुका लागि सञ्चालन भएको ४ दिने संस्थागत नेतृत्व तथा क्षमता विकास सम्बन्धी उद्घोषण तालिम सम्पन्न भएको छ। तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले तालिमले महिलाहरुको नेतृत्व बिकासमा सहायक सिद्ध हु्ने बताउनु भयो । तालिम एक सिकाई हो तर सिकेको कुरालाई आफ्नो समूहमा गएर छलफल गर्नु पर्ने बताउदै प्रमुख प्रशासकिय अधिकृत गौतमले संस्थागत नेतृत्वका लागि अरुबाट अवसर पाउने भन्दापनि आफ्नो लागि आफै स्टेज निर्माण गर्न सकेमात्र आफु भित्रको क्षमता प्रस्फुटन गर्ने सुनौलो अवसर प्राप्त हुने उल्लेख गर्नुभयो।

कञ्चन गाँउपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक चित्र तुलाचनले कुनै पनि ज्ञान प्राप्त गर्नका लागि मेहनत तपस्या गर्नु पर्ने बताउदै सिकेको सिकाईलाई व्यबहारमा उतार्न सकेमात्र त्यसको उपलब्धीको मापन हुने उल्लेख गर्नु भयो। आफुले सिकेको सिप आफ्नो समूहको नियमति तथा मासिक बैठकहरुमा लागु गर्नु पर्नेमा जोड दिदै प्रवक्ता तुलाचनले आत्म विश्वासका साथ गरिने हरेक कार्यहरुले सफलता प्राप्त समेत गर्न सकिने बताउनुभयो। तालिमको समापन कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका हरेक संघ संस्थाहरुमा महिलाहरुको नेतृत्व बढाउन महिलाहरुमा संस्थागत नेतृत्व तथा क्षमता बिकास आवस्यक रहेको बताउनु भयो। ४ दिने तालिमलेमात्र क्षमता बिकास नहुने तर सिकेको सिपका आधारभुत कुराहरुलाई व्यबहारमा लागु गर्न जरुरी रहेको बताउदै उपाध्यक्ष थापा मगरले आफु जनप्रतिनीधि भई पालिकाको बिभिन्न स्थान र टोलहरुको अवलोकन गर्ने क्रममा बिभिन्न कार्यक्रमहरुमा महिलाहरुको सहभागिता बढी हुने भएपनि नेतृत्व गर्ने तहमा महिलाहरु पछि परिरहेको सन्दर्भमा तालिमबाट महिलाहरुमा थप उर्जा मिल्ने बिश्वास ब्यक्त गर्नुभयो।

महिला तथा बालबालिका शाखा सहायक महिला बिकास निरीक्षक राधार भट्टराईले सहजिकरण गर्नु भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारुले म कसरी बोल्न सक्ने भएं भन्ने बिषयमा समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट कमला बि।क।, प्रतिक्षा क्षेत्री, दिलमाया सापकोटा, माया आचार्य, सुमिता थापा, सुनिता भारती लगायतले तालिममा सिकेका अनुभवहरुको बारेमा बताउनु भएको थियो। तालिममा साझा टेलिभिजन एचडीका नविन घिमिरे, उज्यालो पोष्टका रमेश गैरे, पत्रकार गणेश पोख्रेलले लगायतले प्रशिक्षण दिनुभएको थियो । कञ्चनका विभिन्न महिला समूहका ७६ जना महिलाहरुको सहभागिता रहेको थियो कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी दिलु पुनले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img