spot_img
spot_img
spot_img

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरकृया

spot_img

भैरहवा ।

बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी कार्यशाला गोष्ठीबारे कपिलबस्तु, रुपन्देही र पश्चिम नपलपरासीका जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, र तिन वटै स्थानीय तहका जनप्रतिनीधिहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम बिहिवार सम्पन्न भएको छ। भैरहवामा भएको छलफल तथा अन्तरकृया कार्यक्रममा जनप्रतिनीहिरुले बिश्वशान्तीका अग्रदुतको रुपमा विश्वप्रशिद्ध सिद्धार्थ गौतमबुद्धको जीवनी र दर्शनमा आधारित चलचित्र निर्माण र त्यसको अन्तरराष्ट्रिय बजार सम्बन्धी लुम्बिनीमा सञ्चालन गरिने कार्यशाला गोष्ठीले बुद्धसंग सम्बन्धित स्थान ईतिहासको खोज र अनुसन्धानमा थप बल पुग्ने बताएका थिए। कार्यशाला गोष्ठीमा बुद्धकालिन लुम्बिनी अन्तरगत कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्धस्थलहरुको प्रचार प्रसारबाट नेपालको पर्यटन बिकासमा थप उचाई बढ्ने जनप्रतिनीधिहरुद्वारा बिश्वास ब्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा पश्चिम नवलपरासी जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादवले कार्यशाला गोष्ठी सञ्चालनले बुद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माण गर्न सक्ने दक्ष जनशक्तीको उत्पादन र जीवनीमा आधारित चलचित्र निर्माणका लागि आवस्यक कथा, पटकथा, स्किृप्ट, द्वण्द, सम्वाद कसरी तयार गर्ने भन्ने बिषयमा प्राप्त हुने आधारभुत ज्ञानले नयाँ पुस्तामा थप उर्जा आउने समेत जिसस प्रमुख यादवले बताउनुभयो। पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ लुम्बिनीमा सञ्चालन हुने कार्यशाला गोष्ठीलाई भव्य रुपमा सफल बनाउन तिन वटै जिल्ला र ती जिल्लाका स्थानीय तहहरुबाट आवस्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै रुपन्देही जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले बुद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माणमा कार्यशाला गोष्ठी कोशेढुंगा सावित हुने बताउनुभयो।

नेपालको चलचित्र निर्माणको इतिहासमा थोरैमात्रामा जीवनीमा आधारित चलचित्र निर्माण भएको ती निर्माण भएका चलचित्रहरुको बजार पनि कमजोर भएको उल्लेख गर्दै जिसस प्रमुख चापागाईले कुनै पनि व्यक्ति बिशेषको जिवनीमा आधारित रहेर चलचित्र निर्माण गर्दा देशको ऐतिहासिकता समेत जिवन्त रहने भएकोले बिभिन्न शिखर पुरुष तथा बिभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको जिवनीमा आधारित रहेर चलचित्र निर्माण गर्न आवस्यक रहेको कुरामा जोड दिनुभयो। यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बुद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माणले बुद्धले २९ बर्ष जिवन बिताएको तिलौराकोट दरवार, बुद्ध जन्मेको लुम्विनी र बुद्धको मावली घर देबदह रामग्राम तथा बुद्धकालिन स्थलहरुको प्रचार प्रसार भई पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उल्लेख गर्नु भयो। अन्तराष्ट्रिय क्षेत्रमा जीवनीमा आधारित निर्माण हुने चललिचत्रको बजार राम्रो भएपनि नेपालमा व्यबसायिक चलचित्रको समेत बजार राम्रो हुन नसकिरहेको अवस्थामा निर्माण भएका र अव बन्ने जिवनीमा आधारित चलचित्रहरुको अन्तराष्ट्रिय बजारको खोजी गर्न आवस्यक रहेको बताउदै जिसस कपिलबस्तुका प्रमुख आचार्यले कार्यशाला गोष्ठीबाट उत्पादित जनशक्तीबाट बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माणले लुम्बिनीको प्रर्यटन प्रबद्र्धन हुनेमा बिश्वस ब्यक्त गर्नुभयो। कार्यशाला गोष्ठीका संयोजक तथा चलचित्र बिकास बोर्डका पुर्व सदस्य विमल पौडेलले चन्द्र सूर्य सिनेमाको आयोजनामा लुम्बिनीमा सञ्चालन हुने कार्यशाला गोष्ठीबारे गोष्ठीमा प्रस्तुत हुुने बिषयहरुका बारेमा अवधारणा प्रस्तुत गर्नु भएको थियो। जिवनीमा आधारित चलचित्र निर्माण र त्यसको अन्तराष्टिरय बजार प्रबोधिकरण गर्न स्थानीय तहहरुको भुमिकाको आवस्यकताको खोजी गर्ने उद्धेश्यका साथ कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका जि।स।स प्रमुख, उप प्रमुख तथा तिन वटै जिल्लाका स्थानीय तहका प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंगको छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको नेपालका लागि ओस्कार अध्यक्ष समेत रहनु भएका संयोजक पौडेलले बताउनुभयो।

चन्द्र सूर्य सिनेमा प्रा।लि।का अध्यक्ष किसान पोख्रेलले कार्यक्रमको अध्यक्षता गर्दै गौतम बुद्धबारे डकुमेन्ट्री निर्माण भए पनि व्यबसायिक रुपमा जीवनीमा आधारित चलचित्रको निर्माण नभइरहेको अवस्थामा बुद्ध दर्शन र जीवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजारको खोजी गर्न आवस्यक रहेको बताउनु भयो। नेपालमा भानुभक्त, गणेशमा सिंह, भिमदत्त पन्त, झमक कुमारी घिमिरे लगायतका केही शिखर पुरुषहरुको जीवनीमा आधारित चलचित्र निर्माण भएको उल्लेख गर्दै अध्यक्ष पोख्रेलले बिश्व शान्तीका अग्रदुत गौतमबुद्धको दर्शन र जीवनीमा आधारित चलचित्र निर्माण गर्न उत्प्रेरणा सहित दक्ष जनशक्ती उत्पादन गर्ने उद्धेश्यका साथ कार्यशाला गोष्ठी संचालन गर्न लागिरहेको जानकारी दिनु भयो। चन्द्र सूर्य सिनेमा प्रा।लि।का अध्यक्ष किसान पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुख, उप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा वडा अध्यक्षहरु, जिल्ला समन्वय समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । भैरहवाको होटेल एशियन बुद्धमा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले सञ्चालन गर्नु भएको थियो भने कञ्चन खवरका जगी लाल थापाले स्वागत गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img