spot_img
spot_img
spot_img

रुपन्देहीमा बोक्सी कु-प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम

spot_img

रुपन्देही ।

रुपन्देहीको सैनामैना १० सालझण्डीमा बोक्सी कु(प्रथा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको सहकार्यमा बोक्सी कुप्रथा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी वक्ताहरुले मान्छे बोक्सी नहुने र कसैले कसैलाई बोक्सी भनेर मिथ्या आरोप लगाउछ भने आरोप लगाउने ब्यक्ति कानुनको भागिदार हुने विचार ब्यक्त गरेका छन। प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विक, सशस्त्र प्रहरी गण २७ स.प्र.उ दिपकबहादुर थापा, रा.अ.उप अ.नि हुमकान्त पाण्डे, ई.प्र.का. बुटवल रुपन्देहीका प्र.ना.उ. दानबहादुर थापा, ई.प्र.का सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक ईश्वर थापा, सैनामैना नगरपालिका वडा नं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, झिमझिमिया भुल्के सामुदायिक वनका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु भद्रभलादमीहरु, आमा समुह, बिद्यालयका बिद्यार्थीहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानकर्ता श्री कोविन्द शरण उपाध्यायको अध्यक्षतामा सैनामैना नगरपालिका वडा नं १० झिमझिमिया स्थित झिमझिमिया भुल्के सामुदायिक वनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। यसैगरी मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा रुपन्देही मर्चवारी गाँउपालिका वडा नं २ अमुवा स्थित पब्लिक मिसन ईङलिस बोर्डिङ स्कुलमा पनि बोक्सी कु(प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। । शुक्रवार सम्पन्न भएको कार्यक्रम मर्चवारी गाँउपालिका वडा नं २ का वडाध्यक्ष शशिदयाल चौधरीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीका कार्यालय प्रमुख प्र.नि.दिपेश खरेलको विशिष्ट आतिथ्यतामा भएको थियो। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानकर्ता श्री कोविन्दशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीको संयुक्त सहकार्यमा भएको भएको थियो। सो कार्यक्रममा पब्लिक मिसन ईङलिस बोर्डिङ स्कुलका शिक्षक शिक्षिकाहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु,, आमा समुह, विद्यालयका विद्यार्थीहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img