spot_img
spot_img
spot_img

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

spot_img

काठमाण्डौ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजावहाक वायुसेवा एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध लगाएको छ । सिमरामाथी १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो। सोही बिषयमा नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ।

गत शुक्रबार बिहान पौने ९ बजे मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान सिमरामाथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इन्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो। सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो। लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img