देवदह // रुपन्देहीको देवदहमा चैते दशै मेलाको अवसरमा आयोजित पर्यटन क्षेत्रको प्रवर्द्धन सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कोलीय राज्य बुद्ध मावलि क्षेत्र विकास समितिको आयोजनामा देवदह ४ भवानीपुर स्थित श्री महामाया भवानी उच्च मा.वि को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
अन्त्ररक्रियाका क्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले मेलालाई पर्यटन संग जोडेर लैजानुपर्नेमा जोड दिनु भयो। देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी देवदह नगरपालिका अगाडि बढेको बताउनुभयो। उहाले देवदह नगरपालिका पर्यटन ऐन र कार्यविधी बनाएर अगाडि बढ्ने बताउनुभयो।
सोहि अवसरमा देवदहमा प्रयटन क्षेत्रको विकास र सम्भावना सम्बन्धि कार्यपत्र लक्ष्मण न्यौपानेले प्रस्तुत गर्नुभएको थियो। उहाले देवदहलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न रोहिणी नदिको प्रबर्द्धन गर्न जरुरी रहेको बताउनुभयो। उहाले देवदहको विभिन्न ठाउमा होमस्टेको सञ्चालन व्यवस्थित बनाउनु पर्ने बताउनुभयो। देवदह क्षेत्रको एतिहासिक तथा पर्यटन क्षेत्रको डिजिटल माध्यमबाट प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। उक्त कार्यपत्र माथि प्रमोद खनाल र ऋषिश्वर अर्यालले टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा संचारकर्मी राम बहादुर गुरुङ, सुरेन्द्र चौधरी, कलाकार तेजु अर्याल, युवराज चापागाईं, सिद्धार्थ कुमार साहि लगाएतले सुझाव दिनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, देवदह पर्यटन समितिका पुर्व सदस्य बासुदेव रिमाल लगाएतले बोल्नु भएको थियो। कार्यक्रम कोलीय राज्य बुद्ध मावलि क्षेत्र विकास समितिको अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता र शिक्षक यमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।