spot_img
spot_img
spot_img

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा, लाओससँग खेल्ने

spot_img

१४ चैत्र, काठमाण्डौ ।

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ । दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा पहिलो हाफमा १–० गोलले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो । खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img