१५ चैत्र, दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतका सम्झौता कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको मुक्त कमलरी विकास मञ्चलगायत सम्बद्ध चार संस्थाका पदाधिरीसँग मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने बताउदै उहाँले आगामी आवको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम समावेश गरी कार्यान्वयन गर्दै पुनःस्थापना र व्यवस्थापनको दीगो प्रयास हुने बताउनुभयो । मुक्तकमैया समाज केन्द्रीय समितिको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा चार हजार छ सय ९५ मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।