spot_img
spot_img
spot_img

लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु

spot_img

एजेन्सी ।

दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए । घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ ।

अतिरिक्त डीसीपी सन्ध्या स्वामीले शास्त्री पार्कमा सञ्चारमाध्यमसँग भने, ‘ग्राउन्ड फ्लोरमा लामखुट्टे भगाउन धूप बलिरहेको थियो जसका कारण आगलागी भएको थियो ।’ ‘मानिसहरूलाई बाहिर निकाल्दा ६ जनाको सास चलिरहेको थियो तर जब अस्पताल लगियो उनीहरूको मृत्यु भयो । दुई जनाको अवस्था गम्भीर छ ।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img