spot_img
spot_img
spot_img

तिलोत्तमाको क्याम्व्रिज प्रिस्कुलमा निःशुल्क स्वास्थ्य शिविर

spot_img

झविन्द्र देवकोटा, तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा–३, योगिकुटीमा रहेको क्याम्व्रिज मन्टेस्सोरी एण्ड प्रि–स्कुलले विद्यार्थी अभिभावक स्वास्थ्य जनचेतना कार्यक्रम अन्तर्गत एकदिने निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ। अभिभावक र विद्यार्थीको दन्त स्वास्थ्य परीक्षण कार्यक्रम अन्तरगत शुक्रबार विद्यालयमै कार्यक्रम गरिएको प्रिन्सिपल साधना भण्डारीले जानकारी दिनुभयो । श्रीषा डेण्टल कियर बुटवलको प्राविधिक सहयोगमा भएको दन्त परीक्षण कार्यक्रममा एकसय ३० जना विद्यार्थी अभिभावक, शिक्षक कर्मचारीको दन्त परीक्षण गरिएको प्रिन्सिपल भण्डारीले बताउनुभयो। बरिष्ठ डेण्टल सर्जन डाक्टर श्रीप्रसाद खरेलले विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीको दन्त परीक्षण गर्नुभएको थियो ।

उहाँका अनुसार अहिलेको हाईजेनिक खानपानका कारण विद्यार्थीहरुको मुखमा समान्य समस्या देखिएको थियो । खानपानमा सुधारसँगै दैनिक दुई पटक दन्त ब्रस, मुख सफा/कुल्ला गर्न, चकलेट, टफि लगायतका गुलीया मिठाईदार खानेकुरा खान कम गर्न सुझाव दिएको डा. खरेलले बताउनुभयो । विद्यालयको नियमित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तरगत समय–समयमा दन्त लगायतका विभिन्न स्वास्थ्य सम्वन्धि शिविर र परीक्षण गर्ने गरिएको विद्यालयका अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img