spot_img
spot_img
spot_img

सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक

spot_img

बुटवल ।

नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । भैरहवाको होटल एसियन बुद्धमा नेपाल चलचित्र बोर्डका अध्यक्ष तथा नायक भुवन केसी र पाठक मोटर्स ग्रुप प्रा.लि.का अध्यक्ष सुन्दर पाठकले शुक्रबार औपचारिक कार्यक्रमका बीच नयाँ संस्करणको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि आधिकारिक विक्रेता पाठक मोटर्स ग्रुप प्रा.लि.का निर्देशक बाबुराम पाठकका अनुसार यो संस्करण ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो ।

यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्ट फ्युरिजम डिजाइन ल्याङ्गोइजको प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । नयाँ उत्पादन बारे जानकारी गराउँदै निर्देशक पाठकले भने–‘सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिर्चसहरु पनि पाउन सकिन्छ ।’ प्रा.लिका म्यानेजर सर्जुना थैवका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक विक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिश र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने उनले बताइन् ।

उनका अनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक–फरक ड्राइभिङ कन्डिसन हुन जसको लागि एसयूभी उचित हुन्छ ।’–उनले भनिन् । प्रा।लिका सञ्चालक अभिषेक पाठकका अनुसार पानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सहचालकलाई भेन्टिलेटेड सीट लगायतका विशेषता ग्रान्ड भिटारामा रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img