spot_img
spot_img
spot_img

कार्यशालाको दोस्रो दिन लुम्बिनीमा, जीवनीमा चलचित्र र दर्शन

spot_img

लुम्बिनी ।

चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यटकिय क्षेत्र, समग्र लुम्बिनी प्रदेशको विकास र आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक बिमल पौडेलले बताउनुभयो । कार्यशालामा चलचित्र निर्माण, जीवनीमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद,पटकथा, पत्रकारिता सम्बन्धी बिशेष कक्षा रहेको छ।

१७ गते शुक्रबारदेखि शुरु भएको लुम्बिनीमा संचालित ३ दिने कार्यशालामा चलचित्र क्षेत्रका ज्युदो ईतिहास प्रकाश सायमी,ख्यातिप्राप्त कलाकार सुनिल थापा,कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता तथा निर्देशक विश्व बिक्रम बस्नेत, कथाकार तथा लेखक बिक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा तिलकराम आचार्य, डिन माणिक रत्न शाक्य, उपप्राध्यापक दयानिधी गौतम,चलचित्र पत्रकार संघ रुपन्देहीका निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, कन्चन खबरका सम्पादक जगिलाल थापा लगायतले सहजीकरण गर्नुभएको छ।

दोस्रो दिनको कार्यशालाको स्वागत चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गर्नुभएको हो भने संचालन सचिव बिकास गौतमले गर्नुभएको छ। बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलपचत्र निर्माण, अन्तराष्ट्रिय बजार तथा पर्यटन प्रबद्र्धन बिषयक कार्यशालामा बिभिन्न जिल्लाका चलचित्र पत्रकार, चलचित्रकर्मी, बिधार्थी लगायतको सहभागिता रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img