एजेन्सी । ।
भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ । हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं जना फसेका छन् । पहिरोमा आधा दर्जन बढी सवारी साधनहरु पुरिएको र नाथुला भन्ज्याङलाई सिक्किमको राजधानी गान्तोकसँग जोड्ने जवाहरलाल नेहरु राजमार्ग अवरुद्ध भएको छ । हिउँ पहिरोमा फसेका कम्तिमा दुई दर्जन पर्यटकलाई सेनाले उद्धार गरेको छ ।
तर, अहिले पनि ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक हिउँमा फसेको सिक्किम सरकारले जनाएको छ । खराब मौसमका कारण नाथुलामा जान रोक लगाईएको भए पनि पर्यटकहरुले टुर गाइडहरुलाई जबर्जस्ती त्यहाँ लगेको पनि सिक्किम सरकारको भनाइ छ ।