spot_img
spot_img
spot_img

अमेरिका र यूएई विश्वकपको क्वालिफायरमा छनोट

spot_img

एजेन्सी ।

प्लेअफ खेलमा जर्सीलाई २५ रनले हराउँदै अमेरिका विश्वकपको क्वालिफायरका लागि छनोट भएको छ । २३१ रनको लक्ष्य जोगाउने क्रममा अली खानले ३२ रन खर्चँदै ७ विकेट लिएपछि जर्सी ४७।४ ओभरमा २ सय ६ रनमा सीमित भयो। कुनै पनि एसोसिएट राष्ट्रका खेलाडीको एकदिवसीय खेलमा यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन रहेको थियो । यसअघि एसोसिएट राष्ट्र रहँदा अफगानिस्तानका रासिद खानले वेस्ट इन्डिजविरुद्ध १८ रन खर्चेर ७ विकेट लिएका थिए। सबै एकदिवसीय खेलमा यो बलिङ प्रदर्शन सातौँ स्थानमा रहेको छ ।
त्यस्तै, यूएईले पनि अन्य टोलीसँगको हेड टू हेड रेकर्डका आधारमा अघि रहँदै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेको छ । आईसीसीका अनुसार यूएई अब जर्सीसँग पराजित हुँदा नामिबिया र क्यानाडाले अंक बराबरी गरे पनि यूएई हेड टू हेड टाइब्रेकरमा दुई टोलीभन्दा अघि रहनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img