spot_img
spot_img
spot_img

क्यानडामा शक्तिशाली आँधी, विद्युत् अवरुद्ध हुँदा दश लाखभन्दा बढी मानिस अन्धकारमा

spot_img

२३ चैत्र, एजेन्सी ।

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीका विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् । बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ।
आँधीले तहसनहस पारेका बोटबिरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ ।

अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिदा विद्युत् आपूर्तिमा समस्या भएको छ । सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो । यद्यपि उनीहरूले थप सतकर्म रहन आग्रह गरेका थिए । नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेवित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img