२३ चैत्र, काठमाडौं ।
मोरङमा एसईई परिक्षा केन्द्रबाट ५२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रवेशपत्रको फोटोमा शंका लागेर केरकार गर्ने क्रममा यति ठूलो संख्यामा नक्कली परीक्षार्थी फेला परेका हुन ठूलो संख्यामा नक्कली परिक्षार्थी भेटिएपछि प्रहरी र शिक्षा विकास समन्वय ईकाई अधिकारीहरु सहितको टोली परीक्षा केन्द्रमा पुगेर अनुसन्धान सुरु गरेको छ । यस्तै, मोरङकै केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।