spot_img
spot_img
spot_img

सिद्धार्थ बाल विकास कपिलवस्तुमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण

spot_img

२५ चैत्र, कपिलवस्तु।

-आर.ए अन्जान

सिद्धार्थ बाल विकास केन्द्रले दोस्रो वार्षिकोत्सव, नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा अवस्थित केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच नतिजा प्रकाशन गरेको केन्द्रले जनाएको छ । केन्द्रमा अध्ययनरत बालबालिकाले सत प्रतिशत उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार हाल केन्द्रमा ५२ जना बालबालिका अध्ययनरत छन। केन्द्रले मन्टेश्वरी सिकाईको माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रराज बेल्वासेले बाल विकास केन्द्रको उचित व्यवस्थापनको साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीको माध्यमबाट बालबालिकाहरुको सिकाई क्रियाकलापमा जोड दिन आवश्यक रहेको उनले जनाए । उनले भने स् “शैक्षिक सामग्री बालबालिकाहरुको अध्ययनका लागि अति उपयुक्त हुन्छ । यसले विद्यार्थीको मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताको महसुस हुन्छ” ।

यसैबीच समाजसेवी तथा शिक्षाप्रेमी रहिश शाहले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालको अवरोधसमेत नहुने बताउनुभयो । बालबालिका बृद्धि र विकासमा असर नपर्ने जनाउँदै बच्चाले पढ्दै, सिक्दै जाओस्, पढाइकै कारण केन्द्रमा अध्ययन मात्र गर्न आएको उनको भनाइ छ । यस्तै किडार्क नेपालका सामाजिक विकास अधिकृत विनोद केवटले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । स्थापना कालदेखि नै उचित व्यवस्थाको साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएको उहाँले बताउनुभएको छ ।

केन्द्रकी प्रधानाध्यापक दीपा चौधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले समेत ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । अभिभावकले परिवारमा दिने माया, ममता जस्तै शैक्षिक केन्द्रमा बच्चालाई अध्यपन गराउने गरेको उहाँले जिकिर गर्नुभयो । यस्तै स्थानीय समाजसेवी प्रकाश थारु, अभिभावकको तर्फबाट लता केसीले लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद लगायत बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन जोड दिनुपर्ने बताउनुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img