काठमाण्डौ ।
ललितपुर महानगरपालिकास्थित बखुण्डोलमा जमिन भासिएको छ । जमिन भासिएपछि ५ वटा घर जोखिममा परेका छन । घटनापछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेर स्थानीय बासिन्दालाई गएराति नै सुरक्षित ठाउँमा सारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभएको छ । आचार्यका अनुसार जमिन भासिनुको कारणबारे प्राविधिकले अध्ययन थालेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??