spot_img
spot_img
spot_img

एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरियो

spot_img

काठमाण्डौ ।

एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट तीन जना मन्त्रीहरू विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकासमन्त्री र जीतबहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेकामा उहाँहरुले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

४० सदस्य रहेको कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १,१ जना सांसद रहेका छन । गएको पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img