धादिङ ।
सत्तारूढ गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आराेप लगाउनुभएकाे छ । एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्यरूपमा भएको पनि उहाँले जिकिर गर्नुभयो । पार्टीकाे ‘मिसन ग्रासरुट’ कार्यक्रमअन्तर्गत धादिङको पर्यटकीयस्थल रुबी भ्यालीमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउनुभयाे । यसैबिच उहाँले रुबी भ्याली जस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा ध्यान दिनसके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??