देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा कमल पौडेल चयन भएका छन्।पौडेल यस अघि क्लबमा बर्ष २०२२–०२३ मा प्रर्थम उपाध्यक्ष पदमा थिए।
क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लको प्रमुख आतिथ्यता र संस्थाका कार्यवाहक अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा डा.विजय अमगाई, दोश्रो उपाध्यक्षमा विमल तिवारी र तेश्रो उपाध्यक्षमा नबिन थापा मगर चयन भएका छन्। त्यस्तै सचीवमा दिपेश पाण्डे र कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लले सेवा नै धर्म भन्दै सेवामुखि कार्य गरेर संस्थालाई अझ माथी लैजादै वर्ष २०२३/२४ का टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियोे।