spot_img
spot_img
spot_img

राष्ट्रपति पौडेल र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता

spot_img

२८ चैत्र, काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिनुभएको छ।आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको बताउनुभयो ।

पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । भेटका क्रममा राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने बताउनुभयो । उहाँले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलसँग सोमबार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले भेट गरेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img