भारत ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट मा मुम्बई इन्डियन्सले पहिलो जित हासिल गरेको छ । मंगलबार राति अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो। दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो । तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बईको २ छ भने ४ खेलमा पराजित दिल्ली अंक विहीन बनेको छ । आईपीएल क्रिकेटमा बुधबार हुने खेलमा चेन्नई सुपर किंस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।