spot_img
spot_img
spot_img

घुस अडियो प्रकरण : श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने रास्वपाको निर्णय

spot_img

२९ चैत , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले दुई करोड रुपैयाँ घुस मागेको अडियो प्रकरणमा मुछिएका श्रेष्ठको साधारण सदस्य समेत नरहने गरी खारेज गर्ने भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका थिए । केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पार्टीले श्रेष्ठ र प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img