spot_img
spot_img
spot_img

तनहुॅमा नेमकिपाको चुनाव प्रचार तीब्र

spot_img

दमौली ।

नेपाल मजदुर किसान पार्टीले तनहुॅमा बैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उप निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई तीब्रता दिएको छ । बुधबार नेमकिपाका उम्मेदबार अधिवक्ता रामप्रसाद प्रजापति लगायतको प्रचार टोलीले तनहुॅ क्षेत्र नंम्बर १ को आबुखैरेनी, बराडी, डुम्रेसहित उत्तरपूर्वी गाउॅबजारका जनताको घरघरमा घरदैलो सम्पन्न गरेको छ । सो अवसरमा स्थानीय जनताहरूसँग साक्षात्कार गर्दै नेमकिपाका उम्मेदवार तथा अधिवक्ता प्रजापतिले देशको सार्वभौमसत्तामाथि आँच पुर्याउने गरिएको एमसीसी सम्झौताविरूद्ध नेमकिपाले संघर्ष गरिरहेको बताउनुभयो । देशको स्वाधिनता जोगाउन र देशघाती एमसीसीका मतियारहरूलाई हराउन नेमकिपाको मादल चिन्हमा मतदान गर्न अपिल गर्दै अधिवक्ता प्रजापतिले देश र जनता पक्षमा नेमकिपाले अनवरतरूपमा सशक्त प्रतिपक्षको भूमिका खेल्दै आएको बताउनुभयो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img