spot_img
spot_img
spot_img

आज बैशाख १ अर्थात नयाँ वर्ष, हर्षोल्लासका साथ मनाईदै

spot_img

काठमाण्डौं ।

आज विक्रम सम्वत् २०८० साल वैशाख १ गते, अर्थात नेपालीहरुको नयाँ बर्ष। आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एकआपसमा शुभकामना सहित खुसी साटासाट गरी मनाईदैछ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। नेपालीहरुले नयाँ वर्ष  लो दिन हर्षोल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउँदैछन्।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ। नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। आजका दिन बिभिन्न योजना बनाउने, केही नयाँ लक्ष्य लिएर यात्रा अघि बढाउने चलन पनि रहेको छ। आज धेरैले गएको वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्नुका साथै नयाँ कामको थालनी गर्ने परम्परा पनि चलिआएको छ।

नयाँ वर्ष २०८० सालको यो शुभ अवसरमा फरक अनलाईनको तर्फबाट पनि यहाँहरु सम्पुर्ण शुभेच्छुक नेपाली मनहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img