spot_img
spot_img
spot_img

लिट्ल वर्डस्को वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न 

spot_img

विनोद केसी,सैनामैना ।

रुपन्देहीको सैनामैना २, रानिवगैचामा अवस्थित लिट्ल वर्डस् इङ्लिस स्कुलमा हिजो बिहिवार एक विशेष समारोहका बीच विद्यालयको वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बिभिन्न कक्षागत उत्तिर्ण बिधार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै प्रमुख आतिथी तथा सैनामैना न।पा वडा नं २ का वडाध्यक्ष अमर बहादुर कडेंलले विद्यालयले विगतदेखिनै उत्कृष्ट नतिजा दिदै आएको र सैनामैनाको शैक्षिक उन्नयनमा यस विद्यालयको महत्वपुर्ण योगदानको रहेको उल्लेख गर्नु भयो । साथै वडा अध्यक्ष कडेंलले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनको सामुहिक सहकार्यबाट मात्र सिकाई उपलब्धि हासिल गर्न सकिने कुरा समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माले विद्यालयमा अध्ययनरत नानीबाबुहरुको शैक्षिक प्रगति उत्कृष्ट रहेको र भौतिक तथा शैक्षिक रुपमा समेत अव्वलता कायम गर्दै आइरहेको बताउनु भयो। आगामी दिनमा विद्यालयलाई अझ बढि सफलतामा पु¥याउनका लागि व्यवस्थापन समिति अहोरात्र खटिएर काम गरिरहेको समेत जानकारी गराउनु भयो । कार्यक्रममा कक्षा पि।जि देखि कक्षा ९ सम्मको वार्षिक नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत पस्किएको कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा शिक्षक, विद्यार्थीको सामुहिक नृत्य समेत रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक धर्म राज घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएकोकार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार सुवेदार मेजर श्याम बहादुर थापा, अतिथि ऋषि राम रिजाल लगायतले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरु क्याप्टेन टेक बहादुर रेश्मी, राजन अर्याल, तिल बहादुर थापा, क्याप्टेन चित्र बहादुर खत्री, सेयर सदस्यहरु चिन्ता बहादुर थापा, निमा ढेंगा, चन्द्रिका गिरि, संयोजक शुसिल पाण्डे, अतिरिक्त क्रियाकलाप संयोजक अनिश भण्डारी, अभिभावक ऋषि राज रिजाल, शेखर अर्याल, समाजसेवी सुवेदार टिका बहादुर थापा लगायतको आतिथ्यतामा रहेको थियो। विद्यालयका सह—प्रधानाध्यापक शुरेस पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक विनोद के।सीले गर्नु भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img