१ बैशाख, काठमाण्डौ ।
देशको तराई क्षेत्र तथा पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ। दिउँसो बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद् रोजना लामिछानेले जानकारी दिनुभएको छ। यस्तै, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ।
लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना नहुदाँ गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रदूषण बढेको छ। दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??