काठमाडौं ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। भारतबाट घर फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेसंगै चैत महिनामा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ। संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् भने भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएकाले त्यसको प्रभाव पर्न थालेको हो। सीमावर्ती क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई आग्रह गरेको छ।
संक्रमितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने अवस्था रहेको छ। संक्रमणको त्रास बढेसँगै स्थानीय स्तरमा कोरोनाविरुद्धको खोप अभियानलाई तीब्रता दिइएको छ।