काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले गरिरहनुभएको र अवस्था सुधारोन्मुख रहेको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । ओलीलाई भाइरल ज्वरो आएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??