एजेन्सी ।
सुडानको राजधानी खार्तुममा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ जना पुगेको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार तीन दिनको लडाइँमा एक हजार ८ सय जनाभन्दा धेरै घाइते भएका छन। सुडानमा सेना र अर्धसैनिक बलबीच शनिवारदेखि झडप हुँदै आएको छ। सुडानका लागि युरोपेली सङ्घका राजदूत एडन ओहाराको खार्तुममा रहेको घरमा पनि आक्रमण भएको बीबीसीले जनाएको छ।
निरन्तर लडाइँ भैरहँदा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले खार्तुमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ। सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ। सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा सेना र अर्धसैनिक बल ९आर।एस।एफ० बीच मुख्य विवाद छ।