बुटवल ।
रुपन्देहीको ओमसतिया निवासी राप्रपाका जिल्ला समिति सदस्य तथा वडा नं। ५ का पुर्व वडाअध्यक्ष ओमप्रकाश चौधरी सहित ५४८ जना राप्रपाका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा पार्टी परित्याग गर्दै उनले राष्ट्रियताको लागि उभिने र राजनैतिक स्थायित्व कायम राख्न सक्ने पार्टी नेकपा (एमाले) भएको ठहर गर्दै आफु सहितको सम्पूर्ण टिम उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् । पार्टीमा प्रवेश गराउँदै नेकपा ९एमाले० का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्माले मुलुकलाई जोगाउन एमाले बलियो र सशक्त हुनुपर्ने बताउनुभयो। रुपन्देही क्षेत्र नंम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रुहनुभएका नेता विश्वकर्माले मिसन ग्रासरूट अभियान पार्टीलाई व्यवस्थित र सुदृढ बनाउका लागि सञ्चालन गरेको बताउँदै पार्टीले लिएको लक्ष्य उद्देश्य प्राप्तिका लागि अत्यन्तै प्रभाकारी हुने धारणा राख्नुभयो ।
ओमसतियाको धकधईमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि तथा प्रतिनिधिसभा सदस्य सिराज अहमद फारुकी, केन्द्रीय सल्लाहकार परिषदका सदस्य एकराज बिश्वकर्मा, केन्द्रीय अनुशसान आयोगका सदस्य डा।कृष्ण न्यौपाने, लुम्बिनी प्रदेश कमिटी सदस्य जानकी न्यौपाने, हिरा केवट राहुल, धनेश्वरी धौचरी, जिल्ला कमिटी सदस्य तथा ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जिल यादव लगायतले बोलनुभएको कार्यक्रमको अध्यक्षता शाखा कमिटी अध्यक्ष राजकुमार चौधरीले र सञ्चालन क्षेत्रीय कमिटी संयोजक बेद गिरीले गर्नुभएको थियो ।