काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले हराउँदै तेस्रो जित दर्ता गरेको हो। मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो।
पछि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो । मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ भने समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??